१९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ सय रुपैयाँ घुस लिने र दिने दुवैलाइ पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयका सहायक श्यामकुमार कार्की र स्थानीय सेवाग्राही तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए ।

तामाङले भौतिक संरचना र जग्गाको कर तिर्नका लागि कार्यालयमा कार्यरत कार्यालय सहयोगी कार्कीलाई १५ सय रुपैयाँ घुस दिएर काम गर्न लगाएका थिए । अख्तियारले पछिल्लो समय घुस लिने र दिने दुवैमाथि कारवाही गर्ने नीति अख्तियार गरेको छ ।