३ असोज, काठमाडौं । संविधान जारी भएको सम्झनामा आज देशभर संविधान दिवस धुमधामका साथ मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना भएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गरिँदै ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत मन्त्रीहरु सहभागी थिए । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका झाँकीसहितका र्याली, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । टुँडिखेलमा मनाइएको संविधान दिवसका झलक १८ तस्वीरमा हेर्नुस् ।

प्रदेश १ को साकेला नाँच प्रस्तुत गरिँदै
प्रदेश नं २ को झिझिया नाच प्रस्तुत गरिँदै ।
प्रदेश नं ३ को तामाङ सेलो प्रस्तुत गरिँदै ।
गण्डकी प्रदेशको गौरा नृत्य प्रस्तुत गरिँदै ।
प्रदेश नं ५ को थारु नृत्य प्रस्तुत गरिँदै ।
कर्णाली प्रदेशको मयुर नाच प्रस्तुत गर्दै ।
सुदुरपश्चिम प्रदेशको हुड्केली नाच प्रस्तुत गर्दै ।
टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै ।
समारोहमा राष्ट्रिय झण्डासहित सहभागी महिला ।
समारोहमा पञ्चेबाजा बजाउँदै महिला समूह ।
समारोहमा झाँकी प्रस्तुत गरिँदै ।
झाँकी प्रस्तुत गरिँदै ।
समारोहमा भ्रमण वर्ष २०२० को झाँकी प्रस्तुत गर्दै ।
समारोहमा पुष्पवृष्टि गर्दै नेपाली सेनाको हेलिकोप्टर ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गर्दै नेपाली सेनाको हेलिकोप्टर ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत ।
समारोहमा नृत्य प्रस्तुत गरिँदै ।
टुँडिखेलमा झण्डा अङ्कित टिसर्ट लगाएकी महिला झण्डा बोकेर खुसीयाली मनाउँदै ।

सबै फाेटाे: नवीन पाैडेल/रासस