२३ कात्तिक, बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैयास्थित लोकमार्गबाट १ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

कम्ब्रेज बैंक ९९९.९ लेखिएको केजी सुनसहित निजगढ नगरपालिका–११ रतनपुर बस्ने ४० वर्षीय ओम प्रसाद कुंवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना २२ प ३४४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कुंवरको साथबाट उक्त धातु फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।