सन् २०१९ मा बलिउडमा १०२ वटा फिल्म रिलिज गरियो। सन् २०२० को पहिलो महिना १३ वटा फिल्म रिलिज भइसक्यो। ५३ वटा फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन्।

त्यस्तै सन् २०२१ मा प्रदर्शनमा आउने गरी फिल्मको सुटिङ सुरु भइसकेको छ। सलमान खान, अक्षय कुमार र दिपिका पादुकोणका लगायतका चर्चित कलाकारका फिल्महरुको २०२१मा दबदबा रहने देखिन्छ।

अक्षय कुमारको ‘बेली बटम’ र ‘बच्चन पान्डे’

‘केसरी’, ‘मिसन मंगल’, ‘हाउसफुल ४’ र ‘गुड न्युज’ले सन् २०१९ तताएका अक्षय कुमारले बक्स अफिसमा धेरै रेकर्डहरु कायम गरे। उनको फिल्म ‘बच्चन पान्डे’ २०२० को क्रिसमसमा रिलिज हुने तय भएको, मिति सरेर २०२० को २२ जनवरी पुगेको छ। आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ सो समय रिलिज हुने भएपछि अक्षयको फिल्मको मिति सरेको हो। त्यस्तै अक्षयको अर्को फिल्म ‘बेली बटम’ २०२० को अप्रिल २ मा रिलिज हुनेछ।

सलमानको कभी इद कभी दिवाली

आउन लागेको इदमा रिलिज हुने फिल्मको सुटिङमा व्यस्त छन् सलमान खान। फिल्मको नाम हो, ‘राधेः योर मस्ट वान्टेड भाइ’।

आफ्ना फिल्म इदको अवसरमा रिलिज गर्दै आएको सलमानले २०२१ को इद पनि कब्जा गरिसकेका छन्। हालै ट्वीट गर्दै उनले आफ्नो अर्को फिल्म ‘कभी इद कभी दिवाली’ २०२१ को इदमा रिलिज गर्ने घोषणा गरेका हुन। जुन १३ मेमा रिलिज हुनेछ।

वरुण धवनको ‘मिस्टर लेले’

भर्खरै रिलिज बएको ‘स्ट्रिट डान्सर थ्रीडी’ को सफलतामा रमाइरहेका वरुण धवनले उनको नयाँ फिल्मको पोस्टर सार्वजनिक गरिसकेका छन्। सफल नायक-निर्देशक वरुण र शशांक खैतानको यो तेस्रो फिल्म हो। ‘मिस्टर लेले’ राखिएको फिल्म २०२१ को जनवरी १ मा रिलिज हुनेछ।

दिपिका पादुकोणको ‘द इन्टर्न’

हलिउड फिल्म ‘द इन्टर्न’ को बलिउड रिमेक हो ‘द इन्टर्न’। हलिउड भर्जनमा एनी हाथवे र रोबर्ट डे निरोको अभिनय देख्न पाइन्छ। यता दिपिका पादुकोण ऋषि कपुरसंग यो फिल्म खेल्नेछिन। फिल्मको २०२१ मा रिलिज हुनेछ, ठ्याक्कै मिति भने तोकिएको छैन।

रणवीर र श्रद्धा कपुर संगै देखिने

फिल्ममेकर लुभ रन्जनले पहिलो पटक रणवीर कपुर र श्रद्धा कपुरलाई एकै फिल्ममा ल्याउने भएका छन्। फिल्मको टाइटल जुरिसकेको छैन तर २६ मार्च २०२१ मा रिलिज तय भइसकेको छ। फिल्ममा अजय देवगन पनि हुने चर्चा थियो, तर यो प्रोजेक्टबाट उनी पछि हटेको बताइन्छ। दिपिका पादुकोण पनि यो फिल्ममा देखिन चाहन्थिन, सो पनि पक्का भइसकेको छैन।