९ माघ, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित आगरा जिल्लामा एक २२ वर्षीय युवकसँग ७ वटा सन्तानकी आमा भागेकी छन् । उनी सात सन्तानकी आमामात्रै होइनन् ७ बच्चाकी हजुरआमासमेत हुन् । उनको उमेर ६० वर्ष पुगेको भारतीय मिडिया आजकतकले लेखेको छ ।

घटनामा ड्रामा त तब देखियो जब युवक विरुद्ध महिलाका श्रीमान र छोराहरु उजुरी गर्न प्रहरी चौकी पुग्दा युवक भने आफ्नो परिवारको साथ चौकीमा सँगसँगै पुगे । यस विषयमा प्रहरी चौकीमा दुईपक्षबीच विवाद भएको थियो ।

प्रहरी चौकीमा वृद्ध महिला र युवकले आफूहरु एकअर्कासँग विवाह गर्न चाहेको बताएका थिए । दुवै पक्षका परिवारले सम्झाउँदा पनि भएपछि प्रहरीले सम्झाउनुपर्ने अवस्था आयो । प्रहरीले सम्झाउँदा पनि भएपछि युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

युवक र वृद्ध महिला यसअघि पनि पटकपटक जानकारी बिना नै घरबाट हराउने गरेका थिए । यसअघि पनि उनीहरुबीचको सम्बन्धको खबर प्रहरी चौकीसम्म पुगेको आजतकले लेखेको छ ।