१३ चैत, अमरगढी । परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ३९ जनालाई आज घर पठाएको छ ।

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका उनीहरुलाई बुधबार परशुराम नगरपालिका–१२ त्रिवेणी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेनटाइनमा राखिएको थियो ।

आज बिहान उनीहरूको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले क्वारेनटाइनबाट घर पठाईएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्ने भनेपनि स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएकाले स्वास्थकर्मीको सल्लाहअनुसार घर पाठइएको नगरप्रमुख साउदले बताए । रासस