२५ मंसिर, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)को खेल तालिका आज सार्वजनिक गरिएको छ ।

मंसिर २८ गतेबाट पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछन् ।

तालिका अनुसार उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्नेछ । खेल बिहान साढे ११ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ । तालिका हेर्नुहोस्ः

मंसिर २८ गतेदेखि शुरु प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा हरेक दिन दुई खेल हुनेछ भने फाइनल अघि एक दिन रिजर्भ रहनेछ ।