१३ मंसिर, काठमाडौं । नेपालमा सबैभन्द रुचाइएको फेसबुक २ घण्टाभन्दा लामो समय डाउन भएको छ । फेसबुकमा हिजो साँझ ७ः३५ देखि समस्या शुरु भई दुई घण्टा भन्दा लामो समयसम्म समस्या उत्पन्न भएको थियो ।

सो अवधिमा फेसबुक खुल्न समस्या भइरहेको थियो भने केही एकाउन्टहरु आफैँ लगआउट भइरहेको फेसबुक प्रयोगकर्ताहरुको भनाइ छ । कपितय प्रयोगकर्ताको फेसबुक पेज नै खुलेको थिएन भने खुलेकाहरुको पनि इरर भनिरहेको थियो । समस्या राति पौने १० बजे समाधान भएको थियो । फेसबुकको आफ्नो सर्भर डाउन भएकोले यस्तो समस्या आएको बताइएको छ ।

फेसबुक आफैँ लगआउट हुनु एकदमै खतरनाक मानिएको छ । केही समय अघि धेरै मानिसहरुको फेसबुक आफैँ लगआउट भएपछि फेसबुकले सर्भरमा आएको समस्या बताएको थियो । तर पछि भने कम्पनीले आफैँ लगआउट भएका एकाउन्टहरु ह्याक भएको स्वीकार गरेको थियो ।

यस्तै हिजो साँझ नै फेसबुकका साथै इंस्टग्राममा पनि १ घण्टा समस्या आएको थियो । २०१२ मा इंस्टाग्रामलाई पनि फेसबुकले नै किनिसकेको छ । अहिले भने फेसबुक र इंस्टाग्रामको सबै समस्या समाधान भइसकेको छ । कम्पनीले यस विषयमा यो समाचार तयार पार्दासम्म यस विषयमा कुनैपनि प्रतिक्रिया दिएको छैन ।