२२ कात्तिक, काठमाडौं । २ नम्बर प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३९ औं जन्मजयन्तीको अवससरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सार्वजनिक विदाको जानकारी गराएका हुन् ।