१३ असोज, एजेन्सी । करिब २ सय यात्रु बोकेर भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमान आकस्मिक अवतरण गराइएको छ । इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गराइएको हो ।

Indigo-Airlines 4

इन्डिगोको ६–ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको थाहा पाए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक अवतरण गराए ।

एयरलाइन्समार्फत जारी विज्ञप्तिमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको छ ।