७ भदौ, एजेन्सी । तपाईं कति किलोमिटरको गतिमा साइकल चलाउन सक्नुहुन्छ ? बढीमा ६०÷७० किलोमिटर प्रतिघण्टा ।

तर, त्योभन्दा बढी गतिमा साइकल चलाएर इंग्ल्याण्डका एक युवाले कीर्तिमान बनाएका छन् । नेल क्याम्पबेल नामक एक व्यक्तिले २ सय ८० किलोमिटर प्रतिघण्टाको साइकल चलाएर कीर्तिमान कायम गरेका छन् । उनले २ सय ६८ किलोमिटर प्रतिघण्टाको पुरानो रेकर्ड तोडिदिएका हुन् ।

नेल क्याम्पबेलले उत्तरी यार्कशायरको ३.२ किलोमिटर लामो एयरफिल्डमा नयाँ कीर्तिमान बनाए । २ सय ८० किलोमिटरको रफ्तार पाउनको लागि साइकललाई कारको पछाडि बाँधिएको थियो । तर केही दुरीपछि साइकललाई कारसँग छुट्याइएको थियो । पछि उनले आफैँले उक्त गतिमा साइकल कुदाएका थिए ।

कीर्तिमान बनाउनको लागि १३ लाख रुपैयाँको एक विशेष साइकलको व्यवस्था गरिएको थियो । उनले अबको आफ्नो लक्ष्य विश्वरेकर्ड तोड्ने रहेको बताएका छन् । यसअघि अमेरिकी साइकलिस्ट म्यूलर कोरनेक २०१८ मा २ सय ९५ किलोमिटर प्रतिघण्टाको दरमा साइकल कुदाएर कीर्तिमान बनाएकी थिइन् ।