एजेन्सी । हिजोआज मेडिकल प्रविधि पहिले भन्दा अत्याधिक रुपमा अगाडि बढिसकेको छ । तर आज भन्दा ३, ४ सय वर्षअघि डाक्टरले शल्यक्रियाको लागी खतरनाक हतियार प्रयोग गर्दथे । यस्ता खतरनाक औजार, जसको प्रयोगले विरामीको शल्यक्रिया गरिन्थ्यो ।

१. हसिया -एम्युटेसन नाइफ (सन १७०० ) भनेर चिनिने यस औजारको प्रयोग अठारौ शताव्दीमा विग्रेका अंग काट्नको लागी प्रयोग गरिन्थ्यो ।
२. आरी अर्थात् एम्युटेशन शो- कामै नलाग्ने गरि विग्रेका शरिरका अंग काट्नको लागी यसको प्रयोग गरिन्थ्यो ।
३. एरो रिमुभर (सन् १६००) यस औजारको प्रयोग शरिरमा घुसेको वाण अर्थात् सिन्का निकाल्नको लागी प्रयोग गरिन्थ्यो ।
४. आर्टिफिसियल लिच- यसको प्रयोग आँखा तथा कानको सर्जरीको लागी प्रयोग गरिन्थ्यो ।
५. बुलेट एक्स्ट्रेक्टर सन् १५०० यस औजारद्धारा शरिरमा गडेको गोली निकालिन्थ्यो ।
६. सर्भाइकल डायलेटर यस सामग्रीको माध्यमबाट गर्भवती महिलाको पाठेघरको मांशपेशी फैलाउमा प्रयोग गरिन्थ्यो ।
७. एकरेजर -अठारौ शताव्दीमा यस औजारको प्रयोग ट्युमर तथा पायल्सको शल्यक्रियाको लागी गरिन्थ्यो ।
८. हेमोराइड्स फोरेसस्- सत्रौ शताव्दीमा पायल्सको उपचारका लागी यस औजारको प्रयोग गरिन्थ्यो ।
९. हर्निया टुल -यस सामग्रीको प्रयोग हर्नियाको उपचारका लागी गरिन्थ्यो ।
१०. बुलेट लोकेटर -उन्नाइसौ शताव्दीमा यसको प्रयोग शरिरमा गडेको गोली सार्नको लागी प्रयोग गरिन्थ्यो ।