२ असेज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँबन्ने प्रधानमन्त्री निवासको आज बालुवाटारमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण हुने नयाँ भवनको शिलान्यास गर्दै । तस्वीरः रासस

साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिना भित्र निर्माण सम्पन्न भइसक्ने गरी बिहीबार शिलान्यास गरिएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए ।

“देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो” प्रधानमन्त्री ओलीले भने, “अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ । ”


करिब ३० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।