३० असोज, काठमाडौं । कपिलवस्तु एक युवकले आफ्नै भाइका ३२ दिने छोरालाई भुइँमा पछारी–पछारी हत्या गरेका छन् ।

शिवराज नगरपालिका–६ सुगा नगर बस्ने ३५ वर्षीय राम सुरत यादवले आफ्नै भाइ राजबहादुर यादवको ३२ दिने छोरा आशिष यादवको छोराको हत्या गरेका हुन् । रामसुरतलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

शिशुलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाटखोसी राम सुरतले जमिनमा पछारेका थिए ।

जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।