२७ असोज, एजेन्सी । सन्डे सेश नामक एक पबले एउटा यस्तो इभेन्ट आयोजना गर्यो, जसमा मानिसहरु नाङ्गै आउने खाने र पिउने गर्नेछन् । यो कुरा अस्ट्रेलियाको सिड्नीको हो । स्टिच बारमा २७ अक्टोबर, आइतबार यस्तो इभेन्टको आयोजना हुनेछ । यसको लागि ३४ सय नेपाली रुपैयाँको टिकट लाग्नेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलका अनुसार मानिसहरु पुरै नाङ्गो भएर खाएर–पिएर आनन्द लिनेछन् । योङ न्यूडिस्ट्स अफ अस्ट्रेलियासँग मिलेर पबले ‘बटम अप सिड्नी’ कार्यक्रमको आयोजना गर्न लागेको हो । पबमा आउनेबित्तिकै मानिसहलाई रकम र क्रेडिट कार्ड राख्नलाई प्लास्टिकको झोला दिइन्छ । त्यसपछि मानिसहरु चेन्जिङ रुममा गएर आफ्नो कपडा उतार्नेछन् ।

मानिसहरुले चाहेमा नाङ्गो भएको अवस्थाको तस्बिर पनि खिच्न सक्नेछन् । त्यो भने पबमा जाने व्यक्तिको इच्छाअनुसार हुनेछ । त्यहाँ यौनसम्पर्क गर्न भने पाइने छैन । त्यहाँ सहभागी हुनेले सम्पूर्ण नियमको पालना गर्नुपर्नेछ । यसअघि यस्ता इभेन्टहरु लण्डन, फ्रान्स, मेलबर्न जस्ता देश र शहरहरुमा भइसकेको बारको दाबी छ । त्यहाँ कसैले पनि अनुचित व्यवहार गर्न थालेमा उनीहरुलाई बाहिर निकालिने छ । होटलका स्टाफ भने ड्रेसमा रहनेछन् ।