२९ साउन काठमाडौं । सुनको मूल्य ३४ दिनपछि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको मूल्य अनुसार बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बुधबार छापावाल सुन प्रतितोला ७० हजार ३ सय र तेजाबी सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार हुनेछ । यस्तै चाँदीकोे मूल्य पनि मंगलबार भन्दा १५ रुपैयाँले घटेर ८ सय २० रुपैयाँ प्रतितोला पुगेको छ ।

असार २६ गते ६४ हजार ७ सय रहेको सुनको मूल्य २७ गते ६४ हजार ५ सयमा कारोबार भएको थियो । त्यसयता लगातार बढिरहेको सुनको मूल्यले मंगलबार अहिलेसम्मकै उच्च ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।