१५ फागुन, काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगि गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंको मनमैजुमा बस्ने ४३ वर्षीया पुर्णिमा श्रीष रहेकी छन् । उनलाई बुधबार दिउँसो मनमैजुबाट पक्राउ गरिएको हो ।

श्रीषले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको पठाइदिन्छु भन्दै उनले ३८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।

उनले उक्त रकम तीनजनाबाट असुलेको प्रहरीको भनाइ छ । उनीविरुद्ध शिर बहादुर थापाले माघ २८ गते प्रहरीमा उजुरी दिएका थिए ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महानगरीय महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।