२४ भदौ, एजेन्सी । महाराष्ट्रका एक महिलाको विषयलाई लिएर डाक्टर र स्वास्थ्यकर्मीहरु पनि अचम्मित भएका छन् । खासमा त्यहाँ उपचार गर्न गएकी एक महिला २०औं पटक गर्भवती भएकी छन् । २०औं पटक गर्भवती हुने कुरा सुन्दा पत्यार नलाग्न सक्छ तर यो कुरा साँचो हो ।

डाक्टरहरुका अनुसार बीड जिल्लामा रहेकी ३८ वर्षीय लकाबाई खराट खानाबदोस गर्भवती भएपछि जिल्लाको सरकारी अस्पतालमा भर्ना भएकी छन् । उनको ११ वटा बच्चा जन्मेका र अरु बच्चाहरुको मृत्यु भइसकेको छ । त्यहाँका स्थानीय डाक्टरका अनुसार उनी अहिले जम्मा ३८ वर्षकी भइन् ।

उनले पहिलो सन्तानको जन्म १८ वर्षको हुँदा दिएकी थिइन् । त्यसपछि उनी वर्षेनी गर्भवती भइरहेकी छन् । उनी अहिले ७ महिनाको गर्भवती रहेको डाक्टर अशोक थोराटले जनाएका छन् । अहिलेसम्म उनको पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको बुझिएको छ ।

२० औं पटक गर्भवती भएकी महिला अस्पताल आएर चेकजाँच गराएको यो नै पहिलोपटक हो । अबको बच्चाको जन्म भने अस्पतालमो दिने डाक्टर थोराटलाई उद्धृत गर्दै आजतकले समाचार लेखेको छ । गोपाल समुदायकी महिला सडकमा भिख माग्ने काम गर्ने खुल्न आएको छ ।