७ चैत, एजेन्सी । अष्ट्रेलियामा ३८ सय मानिस सवार एक जहाजका यात्रुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भाइरसको संक्रमण भेटिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ ।

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हाजार्डले रुवी प्रिन्स नामक जहाजका १३ जना यात्रुको परीक्षण गरिएकामा तीन जनालाई कोरोना पोजेटिभ देखिएको हो । जहाजमा १ हजार भन्दा धेरै चालकदलका मानिससहित ३८ सय जना सवार रहेको बताइएको छ ।

यो जहाज सिड्नीमा फर्कनुअगाडि न्यूजिल्याण्ड पुगेको थियो । अष्ट्रेलियाका अधिकारीहरुले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरुसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन् ।

मन्त्री हजार्डले दुई यात्रु र एक चालक दलका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । अष्ट्रेलियामा अहिलेसम्म ८७६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ जसमध्ये ७ जनाको मृत्यु भएको छ ।