४ मंसिर, एजेन्सी ।

एक यात्रुबाहक रुसी जेट दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

३९ जना सवार उक्त विमान दुर्घटना हुँदा कम्तिमा ५ जना बाँच्न सफल भएको समाचारमा जनाइएको छ ।
रुसबाट उडेको उक्त विमान साइबेरिया क्षेत्रमा दुर्घटनामा परेको रुसी टिभी आरटीले जनाएको छ । ३९ जना मध्ये ३२ जना यात्रु र ७ चालक दलका सदस्य रहेको बुझिएको छ ।

विमान खसेर आगो लागेको बताइएको छ । विमान दुर्घटनाको कारण मौषम रहेको अनुमान गरिएपनि स्पष्ट हुन बाँकी छ ।

रुसी आपतकालीन मन्त्रलालयले दुर्घटनाग्रस्त विमान फेला परेको जनाएको छ ।

अमेरिकालाई चीनको चेतावनी- जासुसी गर्न बन्द गर !

दुर्घटनाको विवरण आउन बाँकी छ ।