५ फागुन, एजेन्सी । एक १४ वर्षीय किशोरले कार चलाउने क्रममा प्रहरी अधिकारीलाई किचेका छन् ।

५ किशोरीलाई राखेर कार चलाइरहेका उनलाई रोक्न खोजेपछि प्रहरीमाथि नै गाडि चलाइएको समाचारमा उल्लेख छ । यो घटना अमेरिकाको हो । हत्या प्रयासकाे आराेपमा १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डेलीमेलको रिपोर्टअनुसार प्रहरीलाई किचेपछि पनि किशोरले तीब्र गतिमा कार चलाएर भाग्ने कोसिस गरेका थिए । भाग्ने क्रममा उनले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटनापछि पनि कारमा सवार किशोरकिशोरीहरु भाग्न खोजेका थिए तर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।.

कारले किचेपछि एक ३५ वर्षीय प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । प्रहरीले किशोरलाई सार्वजनिक गरेको छैन । यो घटना भ्यालेन्टाइन डे यानिकी १४ फेब्रुअरी रातमा भएको थियो ।