गर्मी मौसम सुरु हुँदैछ। लामखुट्टेको बिगबिगी हुने दिन नजिकिदै छ। लामोखुट्टेको टोकाइबाट बच्ने सबैभन्दा उत्तम उपाय झुलको प्रयोग हो। धुप मानिसको स्वास्थ्यको लागि त्यतिकै हानिकारक हुन्छ। यहाँ केही यस्ता घरेलु चिजहरुको बारेमा चर्चा गरिएको छ, जसको गन्ध लामखुट्टेले मनपराउँदैन।

लसुन

garlic 9549158

लुसनको गन्धको नजिक लामखुट्टै आउँदैन। साथै लसुन खानु पनि लामखुट्टेको टोकाइबाट बच्नु हो।

तुलसी

tulasi basil 10327298
अधिकांस नेपालीको घरमा भेटिने तुलसी स्वास्थ्यको लागि फाइदाकारी मात्र होइन लामखुट्टे धपाउन काममा पनि प्रयोग गर्न सकिन्छ। यसको गन्धको नजिक लामखुट्टे आउँदैन। तुलसीको पेस्ट बनाएर हात खुट्टामा दल्दा छालालाई त फाइदा गर्छ नै लामखुट्टेले पनि टोक्न सक्दैन।

पुदिना

peppermint 1175818
त्यस्तै पुदिनाको रस लगाउँदा पनि लामखुट्टेले टोक्न सक्दैन।

लेमनग्रास

lemongrasss 12368988
कागती जस्तै बास्ना आउने यो झारको गन्धले लामखुट्टे भाग्छ। विशेषगरी खानामा फ्लेभर थप्न र विभिन्न औषधीको रुपमा प्रयोगमा आउने लेमनग्रासको रस लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

नीम

neem 13108718
लामखुट्टेबाट बच्न नीमको प्रयोग सबैभन्दा उत्तम तरिका हो। यसको रस वा तेल लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।