३ चैत, काठमाडौं । साताको दोश्रो दिन सुनको मूल्य ५ सय रुपैयाँ बढेको छ । सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार छापावाल सुन तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ७७ हजार २ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य ७ सय ९० रुपैयाँ कायम भएको छ ।

यसअघि साताको पहिलो दिन आइतबार सुनको मूल्य ७७ हजार रुपैयाँ प्रतितोला र चाँदीको मूल्य ७ सय ९० रुपैयाँ कायम भएको थियो ।