२७ असोज, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा भूकम्प गएको छ । इस्लामावादमा राष्ट्रिय भूकम्प निगरानी केन्द्र (एनएसएमसी) का अनुसार आज विहान ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण खैबर पख्तुनख्वामा सडक भासिएको छ । भूकम्पको झड्का पेशावर, मलकंद, मर्दन, चारसड्डा, अटाक र हजारा डिभिजनमा महशुस गरिएको थियो । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण नआएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।