९ फागुन, एजेन्सी । अमेरिकी पप गायिका म्याडोना ५० औँ एकल गीत पहिलो बनेपछि खुसीमा एउटा ठूलो पार्टीको आयोजना गरिएको थियो । अहिले उक्त पार्टीका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिर म्यढा्ना आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी छन्, ‘धन्यवाद लण्डन ।’

तस्बिरमा ६१ वर्षीैया म्याडोनाले आफ्ना २५ वर्षीय ब्वाइफ्रेन्डलाई चुम्बन गरेको देखिएको छ । तस्बिर बाहिरिएपछि उनीहरुको ट्रोल बनिरहेको छ । म्याडोनाले उक्त पार्टीमा एकदमै जोली मुडमा देखिएकी थिइन् । उनले पार्टीमा आएका सबैलाई स्वागत गर्दै आफूले पनि पार्टीको भरपुर मजा उठाएकी थिइन् ।

स्मरण रहोस् म्याडोना पछिल्लो लामो समयदेखि २५ वर्षीय अह्लामलिक विलियम्ससँग डेट गरिरहेकी छन् । उमेरको फरकका कारण पनि अहिले उनीहरु चर्चामा छन् । तस्बिर पोस्ट गर्दै क्याप्सनमा म्याडोनाले लेखेकी छन्, ‘लण्डनबासी तपाईंहरु एकदमै कमालको हुनुहुन्छ, तपाईंहरुको सहयोगबिना यस्तो अबसर कहिल्यै आउने थिएन ।’