एजेन्सी ।

‘बाहुबली’को सफलतापछि यतिखेर यसको दोस्रो भाग ‘बाहुबली–२’को निक्कै चर्चा छ । शानदार ट्रेलर सार्वजनिक भएपछि यसका फ्यानहरुले चलचित्रलाई ब्यग्रताका साथ प्रतिक्षा गरिहेका छन् । यद्यपी, ६५० करोड कमाएको ‘बाहुबली’मा केही यस्ता कमजोरी भएका थिए, थाहा पाउनुहोस् ।

गल्ती १. शिवा बनेका प्रभास र अवंतिका बनेकी तमन्ना भाटियाको रोमान्टिक गीतको अन्त्यतिर तमन्ना दुई फरक–फरक स्टाइलको चोलीमा देखिन्छिन् । एउटै दृश्यमा सुरुवातमा उनी फरक चोली लगाएकी हुन्छन्, फेरि त्यसै दृश्यमा एक्कासी रिबन नोट चोली लगाएको देखाइन्छ ।

गल्ती २. फिल्ममा बन्धक बनाइएकी देवसेना बनेकी अनुष्का सेट्टी दाउरा बटुलिरहेकी देखिन्छिन्, जहाँ वरपर कुनै रुख नै हुँदैनन् ।

गल्ती ३. प्रभास खाली खुट्टा झरना तथा पहाड चढ्दै माथि पुग्छन् । तर, अर्को दृश्यमा उनले जुत्ता लगाएको देखाइन्छ ।

गल्ती ४. सामान्यतया थोरै कुदेपछि हाम फाल्ने गरिन्छ । तर, फिल्ममा यसको विपरित प्रभास बिना गति नै चट्टानमा हामफाल्छन् ।

गल्ती ५. कटप्पाले शिवालाई बाहुबलीको कहानी सुनाउँछन्, जबकि कटप्पाले प्रत्यक्षदर्शीद्धारा बताइएको कुरा भन्नु पर्ने थियो । तर, कटप्पाले शिवालाई भल्लाल देवले बाहुबलीलाई मार्न डोरी हटाउँने प्रयास गरेको पनि बताउँछन् । तर, वास्तवमा यो दृश्य जब देखाइएको थियो, तब त्यहा राणा(भलाल) र प्रभास(बाहुबली)बाहेक कोही पनि थिएनन् । यस्तो अवस्थामा कटप्पालाई यो कुरा कस्ले बतायो ? भन्ने प्रश्नमाथि सोच्न बाध्य गराउँछ ।

गल्ती ६. मानोहरी गीतको अवधिमा बाहुबली र भलाल देवको कपडामा धेरै पटक परिवर्तन देखिन्छ ।

गल्ती ७. फिल्मको एक दृश्यमा पहाड चढ्ने क्रममा प्रभास लगभग २००देखि ३०० मिटर उचाईबाट झर्छन् । तर, यति उचाईबाट झरेपछि पनि उनलाई सानो चोटसम्म लागेको देखाइँदैन ।

गल्ती ८. लडाई सुरु गर्नअघि बाहुबलीले आफ्नो हात काट्छन् र रगत देवीको मूर्तिमा चढाउँछन् । तर, सानो काटेको ठाउँबाट यति धेरै रगत बगेको देखाइन्छ ।

गल्ती ९. फिल्मको ‘धीवर’ गीतमा प्रभास तमन्नालाई पछ्याउँदै धेरै वटा लहरामा अल्झिन्छन् तर, अर्को दृश्यमा उनी एउटै लहरामा झुन्डिएको देखाइन्छ ।

गल्ती १०. फिल्मको एक दृश्यका तमन्ना भाटिया आफ्नो साथीलाई नदी किनारमा राखेर, आफू रुखमा चढ्छिन् र उनलाई ट्याटु बनाइदिने व्यक्तिलाई पर्खिइन्छिन् । यस दृश्यमा पहिले तमन्नाको साथीलाई फूल स्लिव्ज पहिरनमा देखाइन्छ र अर्को दृश्यमा स्लिभलेस आउटफि१मा देखाइन्छ ।