२७ भदौ, एजेन्सी । रियलमीले भारतमा आफ्नो सबैभन्दा प्रतिक्षित रियलमी एक्सटी स्मार्टफोन लन्च गरेको छ । यो स्मार्टफोनको विशेष कुरा भनेको ६४ मेगापिक्सेलको क्यामेरा हो । यसको अलावा क्वालकम स्न्यापड्रयागन ७ सय १२ र ४ हजार एमएएचको ब्याट्रि पावर छ ।

रियलमी ले रियलमी एक्सटीलाई ४जिबी/६४जिबी, ६जिबी/६४जिबी र ८जिबी/१२८जिबीको फरक–फरक स्मार्टफोन लन्च गरेको छ । यसको मूल्य क्रमश १५ हजार ९ सय ९९, १६ हजार ९ सय ९९ र १८ हजार ९ सय ९९ भारु राखिएको छ ।

यसको बिक्री भने १६ सेप्टेम्बरदेखि फ्ल्पिकार्टबाट हुनेछ । यसको वायरलेस हेडफोनको मूल्य भने १७ सय ९९ भारु तोकिएको छ भने पावर बैंकको १२ सय ९९ भारु तोकिएको छ । रियलमीले फोनसँगै यी दुई डिभाइस पनि सार्वजनिक गरेको हो ।