२६ पुस, झापा । ६९ औँ पटक रक्तदान गर्ने झापाको विर्तामोड निवासी ओमप्रकाश लुइँटेल सम्मानित भएका छन् ।

सहारा नेपाल सहकारी संस्थाले आफ्नो २३औँ वार्षिक साधारणसभाका अवसरमा उनलाई आज प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । लुइँटेल झापामा सबैभन्दा बढी रक्तदान गर्नुमध्येमा पर्छन् ।

रगत अभावमा मृत्यु श्ययामा छटपटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सो सम्मान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।