२८ साउन, काठमाडौं । देशका विभिन्न स्थानमा सोमबार साँझदेखि ६ जना मृत अवस्थामा भेटिएका छन् । ललितपुर, नवलपरासी पूर्व, गोरखा, झापा, सोलुखुम्बु लगायतका क्षेत्रमा ६ जना मृत अवस्थामा भेटिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

ललितपुरको ललितपुर महानगरपालिका–९ गुह्ये पोखरीमा बालकुमारी बस्ने उदयपुर कटारी घर भएका ३३ वर्षीय हरि खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित नख्खु खोला किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुलस्थित ३२ नम्बर ढोकामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

गोरखाको गोरखा नगरपालिका–१० टक्सार बस्ने ५० वर्षीय श्यामहरी घिमिरे आफ्नै घर नजिकैको झाडीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका–४ हर्कलाल मार्गमा बन्दै गरेको द्ववारीका होटलमा काम गर्ने सोही नगरपालिका–७ बस्ने ४८ वर्षीय शसी शिवाकोटी सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको माप्ये दुधकोशी गाउँपालिका–७ सिबुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका–१ बुङ बस्ने २० वर्षीय शुक्र कुमार राई सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।