१७ मंसिर, काठमाडौं । सरकारले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । आज मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले सिडिओ हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार भक्तपुरका सिडिओ नारायणप्रसाद भट्ट मकवानपुर पुगेका छन् भने लमजुङका सिडिओ डाक्टर डिजन भट्टराई अध्यागमन विभागमा आएका छन् । अध्यागमनका लक्ष्मणबहादुर खड्का लमजुङको सिडओ बनेर गएका छन् ।

पर्साका सिडिओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सिडिओ जितेन्द्र बस्नेत पर्सामा पुगेका छन् ।