११ साउन, काठमाडौं ।

गत जनवरीमा माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले एक भारतीय उच्च अधिकारीसँग भेटघाट गरे । उक्त भेटघाटमा प्रचण्डले भारतबाट आफूलाई सिध्याउने ‘उच्चस्तरीय षडयन्त्र’ भैरहेको प्रमाण आफूसँग रहेको बताए । उनले एक चिन्न कठिन पर्ने छाप सहितको दस्तावेज पनि देखाए । प्रचण्डले पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईलाई पार्टी फुटाउन भारतले उक्साइ रहेको आरोप पनि लगाए ।

ओली सरकार ढालेपछि कांग्रेसको अर्को निर्णय, पुरानो प्रस्ताव नमान्ने

प्रचण्डका कुरा सुनेर अचम्मित भएका भारतीय कुटनीतिज्ञले यो सबैकुरा निराधार भएको बताए । प्रचण्डलाई कसैले गलत कुरा दिमागमा राखिदिएको उनको भनाइ थियो । भारतले यस्तो गर्नै नसक्ने उनले बताए । भारतीय ती अधिकारीले आफूलाई थाहा नभएको ‘भारतले षड्यन्त्र गर्दै छ भनेर प्रचण्डलाई कसरी थाहा भयो ?’ भनेर सोधे । प्रचण्डले उनको पार्टीको कुनै नेताले भारतीय गुप्तचर एजेन्सीसँग भएको दस्तावेज हात पारेको जवाफ दिए ।

Hindustan Times Report on Prachanda Tilt to Delhi

माओवादी सुप्रिमोले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि सोही आसयका कुरा राखे । उनले यसो हेरे र हाँसे । छ महिनाभित्र गहिरो शंकाबाट बाहिर निस्केर प्रचण्डले भारतलाई विश्वास गर्दै केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे । यो खेल परिवर्तन गर्ने निर्णय थियो, जसले ओलीलाई राजीनामा गर्न बाध्य बनायो । नेपालको नेतृत्व लिनका लागि तयारी गरिरहेको बेला माओवादी नेताले भारतसँग गहिरो सहकार्य खोजिरहेका छन् ।

यो परिवर्तन कसरी सम्भव भयो?
हिन्दुस्तान टाइम्सले नेपाल र भाारतका ८ जना राजनीतिकज्ञ र कुटनीतिज्ञसँग कुरा गरेको थियो जसले यो सम्बन्धको नालिबेलीबारे खुलाए । अधिकाँशले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा मात्र बोल्न चाहे ।

केपी ओलीसँग ब्रेकअप

घरेलु परिस्थिति मुख्यरुपमा जिम्मेवार छ । प्रचण्ड र ओली विगत दुई दशकमा सबैभन्दा तिक्त प्रतिद्नवन्दी थिइ । तर गत भूकम्प देखि भने उनीहरु सँगै आए । माओवादीले सीमान्तिकृत समुदायका आफ्ना सहयात्रीहरुलाई छोडेर उपल्लो जातकाहरुलाई प्रवर्द्धन गर्ने संविधान स्वीकार गर्न पुग्यो । तर विगत ६ महिनामा माओवादीहरुले पुनर्विचार गर्न शुरु गरे । प्रचण्ड निकेट मानिने पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुन अनन्तले ओली संघीयता र समावेशी विरुद्ध रहेको बताए । ओलीलाई मधेशी, जनजाति, दलित र महिलाप्रति घृणा रहेको पनि उनले बताए । आफूहरु राज्यलाई अग्रगमनसहितको पुनर्संरचना गर्न युद्ध लडेको तर प्रतिगामी बन्न खोज्ने ओलीसँगको सहकार्यमा प्रचण्डलाई असहज भएको उनको भनाइ थियो ।

९ महिना देश चलाउन प्रचण्डका मुख्य ९ चुनौतीः नत्र इतिहास मात्र बन्न सक्छन् प्रचण्ड

यहाँनेर राजनीतिक तत्व पनि थियो । देशमा एक मात्र बामपन्थी पार्टी स्थापित हुन सक्छ भन्ने माओवादीलाई लागेको थियो । तर ओलीसँग लाग्दा भने एमालेको सहायक पार्टीमा सीमित हुने खतरा थियो । अझै महत्वपूर्ण मुद्धा युद्ध अपराध थियो । पूर्व लडाकु कमाण्डर अनन्तले हिन्दुस्तान टाइम्सलाई भने, “हाम्रो माग युद्धकालीन सबै मुद्धा सत्य निरुपण आयोगमा पठाउनु पर्छ भन्ने हो । यदि गम्भिर युद्ध अपराध भएका छन् भने हामी छानविन सामना गर्न तयार छौं तर त्यो सत्य निरुपणको मोडलरमा आउनु पर्छ । प्रचण्डलाई युरोपियन एनजिओहरुसँग निकट रहेको एमालेले यी मुद्धाहरु बल्झाउने आशंका भयो ।” र त्यहाँ महत्वाकाँक्षा पनि थियो । नेपाली काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्ने लोभ देखायो ।

भारतीय भूमिका
यो निर्णयको मुख्य कारक भने भारतसँग सहकार्य गर्नु पर्छ भन्ने माओवादी नेताको बुझाइ हो । गत मे महिनामा प्रचण्डले हिन्दुस्तान टाइम्सलाई भनेका थिए, “‘यो शान्ति प्रक्रिया कांग्रेस र हाम्रो सहकार्यबाट र भारतको सदिच्छाबाट भएको हो । यो हाम्रो प्राकृतिक सहकार्य हो र म यसमा फर्किनेछु ।”

Prachanda Mood

त्यसमा मुख्य कुरा मा‌ओवादीलाई मानव अधिकार उल्लङ्घनको मुद्धामा अन्तराष्ट्रिय प्रतिरक्षाका लागि भारतको समर्थन चाहिन्छ भन्ने हो । त्यसमाथि ओलीको अतिराष्ट्रवाद प्रत्युत्पादक हुने र सीमान्तीकृत समुदायलाई समेटेर जान सक्दैन भन्ने निष्कर्षमा प्रचण्ड पुगे ।

अव भारतीय अधिकारी र प्रचण्डको भेटघाट बाक्लो हुन थाल्यो । उनीहरुबीचको मुख्य मध्यस्तकर्ता कांग्रेस नेता अमरेश सिंह थिए । अमेरेश सिंह भन्छन्, “प्रचण्डले मलाई भने भारतले मलाई चार पटक पुरस्कार दियो– शान्ति प्रक्रियामा सहयोग, २००८ मा प्रधानमन्त्रीमा नियुक्ति, गणतन्त्र घोषणा र माओवादी लडाकुको समायोजन । तर, मलाई भारतले चार पटक नै दण्ड दियो– २००९ मा प्रधानमन्त्रीबाट बहिर्गमन र प्रधानसेनापतिलाई समर्थन, प्रतिद्वन्द्वी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रोत्साहन, २०१३ को निर्वाचनमा माओवादीको पराजय र पार्टी विभाजनमा बाबुराम भट्टराई सहयोग ।”

ओलीको राजीनामापछि भारतीय मिडिया: भारतनिकट प्रचण्ड आउँदैछन्

सिंह भन्छन् अव प्रचण्डलाई लागेको छ कि अव भारतसँग नयाँ शिराबाट शुरुवात गर्न सकिन्छ । हालै भएको छलफलमा प्रचण्डले भारतलाई आफ्नो सरकार, विकाश परियोजना र मधेश मुद्धा सुल्झाउन सहयोग मागेका छन् । यी कुरामा सहयोग पाए भारतसँग दीर्घकालीन साझेदारी गर्न सकिने प्रचण्डको भनाइ छ ।

सुरक्षा स्थितिलाई सुक्ष्म ढंगले निकालीरहेका छौःप्रधानसेनापति क्षेत्री

भारतीय प्रधानमन्त्री कार्यलयमा प्रचण्डलाई प्रधानमन्त्री बनेपछि दिने बधाई सन्देश तयार भइसकेको छ र प्रधानमन्त्री मोदीले छिटोभन्दा छिटो भारत भ्रमण गर्न निम्ता दिनेछन् ।

हालै जब एक मध्यस्थकर्ताले ‘स्वर्णिम मौका’ का लागि बधाई दिए, तब माओवादी नेताले ‘अन्तिम मौका’ पनि हो भने । तर यो स्वर्णिम अवसर हुन्छ कि अन्तिम अवसर हुन्छ आन्तरिक शासनका अलावा दिल्लीसँगको समीकरणले निर्भर गर्नेछ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित प्रशान्त झाको रिपोर्टको भावानुवाद- सम्पादक