२८ कात्तिक, काठमाडौं । साताको पाचौँ दिन बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । छापावाल र तेजाबी सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य ८ सय ६० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।