२ असोज, एजेन्सी । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएको छ । भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो ।

तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई जनकारी गराएका छन् ।

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।