१३ फागुन, प्युठान । प्युठानमा ७२ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन् ।
गुल्मी मलागिरी–३ बस्ने १८ वर्षीय सन्तोष सामतले बाँदीकोटकी ती वृद्धालाई बलात्कार गरेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो जंगलमा घाँसदाउरा गर्न गएको बेला सामतले ती वृद्धालाई बलात्कार गरेका हुन् । सामतले मदिरा खाएको झोँकमा होस नपाएर गलत काम गरेको बयान दिएका छन् । उनलाई स्थानीय युवकको सहयोगमा पक्राउ गरी हिरासतमा राखिएको छ ।