२७ साउन, एजेन्सी । बिहारमा १६ वर्षीया किशोरीमाथि तीनजनाले सामुहिक बलात्कार गरेका छन् । आरोपीमध्ये एक प्रहरी जवान पनि रहेको भारतीय मिडियाले लेखेको छ । बलात्कारपछि किशोरीलाई छाडीमा छोडेर भागेका थिए ।

पीडित किशोरी कक्षा ८ की छात्रा हुन् । उनको अहिले उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना आइतबार दिउँसोको हो । घटनापछि पीडित बालिका रगताम्य भएर घर पुगेकी छिन् । परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याएका थिए ।

आरोपीमध्येको एक प्रहरी जवान भएकोले प्रहरीले ठिकसँग काम नगरेको पीडित परिवारको आरोप छ । आरोपी जवान सोही गाउँकै हुन् । पीडितका पिताका अुनसार किशोरीलाई स्कुलबाट आउँदै गर्दा जबरजस्ती उठाएर लगेका हुन् । आरोपी जवानको स्थानीय नेतासँग राम्रो सम्बन्ध भएकोले पनि प्रहरीले उजुरी फिर्ता लिन दबाब दिइरहेका छन् ।

उता स्थानीय प्रहरीका प्रवक्ताका अनुसार तीनजना आरोपीहरुलाई प्रक्राउ गरिएको छ । जसमध्ये एकजना प्रहरी जवान भएकोले उनीमाथि विभागीय कारबाही गरिने प्रहरी प्रवक्ताको भनाइ उद्धृत गर्दै आजतकले लेखेको छ ।