एजेन्सी ।

टर्कीमा जमिनमुनी पुरानो शहर फेला परेको छ । जमिन खन्ने क्रममा करिव ५००० वर्ष पुरानो शहरको अवशेष भेटिएको सञ्चार माध्यमले जनाएका छन् ।

खोजी नै नगरिएको समयमा अचानक जमिन मुनी शहरको अवशेष भेटिएपछि बैज्ञानिक र पुरातत्वविद समेत चकित परेका छन् ।

underground-city-uncovered-Cappadocia

समाचारमा जनाइए अनुसार टर्कीको नेवसेहिर प्रान्तका केही पुराना घर भत्काउने काम चलिरहेको समयमा श्रमिकहरुले ७ किलोमिटर लामो एक सुरुङ फेला पारेका थिए ।

सुरुङबाट भित्र जाने क्रममा भित्र एक शहरको खण्डहर भग्नावशेष फेला परेको हो । टर्कीको समाचार पत्र हुर्रियत न्यूजका अनुसार यो शहर ५ हजार वर्ष पुरानो हो ।
प्राचीन अटोमन साम्राज्यको समयमा बनेको यो शहर करिव ५० वर्षफुट क्षेत्रमा फैलिएको छ ।

यहाँका घर, सडक लगायतका संरचना एकदमै बैज्ञानिक हिसावले बनाइएको पाहिएको छ । कुनै समयमा यो शहरको जनसंख्या २० हजार रहेको बताइएको छ ।