काठमाडौ ।
आज नोभेम्वर चौध अर्थात विश्व मधुमेह दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसको अवशरमा नेपालमा मधुमेह रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन ।

dietibites-fina

मधुमेहबाट बच्नका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउन समेत उनीहरुले सुझाव दिएका छन । पहिले विकसित देशमा देखिने रोग अहिले विकासोन्मुख देशमा बढ्दै गएको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब तीस करोड मानिसमा मधुमेह भएको पाइन्छ भने यो संख्या सन् २०२५ सम्ममा वृद्धि भई चालिस करोड पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । नेपालको शहरी भेगमा लगभग बीस प्रतिशत मानिसमा मधुमेह रोग भएको अनुमान गरिएको छ ।

 

बिहान खाली पेटमा रगत जाच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्राम भन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको विचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेको मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नुपर्ने हुन्छ ।

 

रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह रोग लाग्छ । प्यास बढी लाग्नु, बढी भोक लाग्नु, दुब्लाउँदै जाँनु, अाँखाको दृष्टिमा खराबी आउनु, घाउ निको नहुनु, हातखुटा झमझम गर्नु, पिसाब गरेको ठाउँमा कमिला लाग्नु मधुमेहका मुख्य लक्षणहरु हुन ।