मदिरा पिउनु रमाइलो गर्ने तरिका त हो तर पिएर सावधान नहुने हो भने अनेक झन्झट ब्यहोर्नु पर्ने हुन सक्छ । यहाँ मदिरा पिएको बेला गर्नै नहुने ७ कामको विषयमा चर्चा गरिएको छ ।

ड्रिङ्क एण्ड ड्राइभ

मदिरा पिएर सवारी कहिल्यै पनि नचलाउनुस् । मदिरा पिएर सवारी चलाउनु भनेको आफ्नो जीवन खतरामा त पार्नु हो नै सडकमा भएका अन्य यात्री र सवारीलाई समेत असुरक्षित तुल्याउनु हो । यदि बाहिर पिउनु भो भने कि ट्याक्सीमा घर फर्किनुस् कि त कुनै साथीलाई घर पुर्यादिन भन्नुस् । याद गर्नुस् पिएको बेला सवारी कहिल्यै पनि नचलाउनुस् ।

couple-wine

 

तस्विर खिचेर अनलाइन अपलोड

मदिरा पिएको बेला आफ्नो वा अरुको तस्विर लिएर सामाजिक सञ्जालमा अपलोड गर्ने काम कहिल्यै नगर्नुस् । यसो गर्दा तपाइँलाई अनेक समस्या पर्न सक्छन् । एक पटक अनलाईन पोष्ट गरिएका तस्विर कहिल्यै पनि हटाउन सकिँदैन । अर्को कुरा आफ्ना अविभावक वा हाकिमले तपाइँले पिएको बेला तस्विर पनि त देख्नु भएन नि होइन र ?

एसएमस वा च्याट

मदिरा सेवन गरेको समयमा साथी वा नजिकको अन्य कुनै पनि ब्यक्ति कुरा नगर्नुस् । पिएको समयमा भावुक बन्दा त्यसको मूल्य चर्को पनि पर्न सक्छ । अझ भावनात्मक सन्देश पठाएन काम त पिएको बेला गर्नै हुँदैन ।

drinking men
नचिनेको ब्यक्तिसँग जिस्किने

मदिरा पिएको समयमा विपरित लिङ्गी देख्योकि सुन्दर लाग्ने हु्न्छ । तर भावनामा बगेर नचिनेको ब्यक्तिलाई समेत जिस्काउन थाल्नु भो भने पिएको बेला गर्न नहुने यो काम महंगो सावित हुन सक्छ ।

पूर्व प्रेमि वा प्रेमिकासँग कुरा

मानिसहरु पिएको बेला भावुक हुन्छन् । केही हद सम्म मदिरा लागेपछि उनीहरु भावुक भएर पूर्व प्रेमि वा प्रमीकालाई मेसेज पठाउने वा फोन गर्ने गर्न थाल्छन् । तर यस्तो गर्नु घातक हुन्छ । खासगरी पिएको बेला पूर्व प्रेमिका वा प्रेमीलाई कल गर्ने भुल नगर्नुस् । अझ मदिराको सुरमा कुरा गर्दा विग्रेको सम्बन्ध पुनर्स्थापित हुने सम्भावना पनि टरेर जान्छ ।

कार्यालयको काम

पिएको बेला कार्यालको काम नगर्नुस् । कुनै अफिसियल इमेल पठाउनु वा पत्र लेख्नु छ भने पनि मदिरा पिएको समय नपार्नुस् । पिएको बेला गरिएका यस्ता कामले तपाइँको करिअर नै धरापमा पर्न सक्छ । मात लागेको बेला लेख्न मन लागेको तर लेख्न नहुने चिज समेत लेखिन सक्छ ।

झगडा

पिएको समयमा झगडा सबैभन्दा बढि सचेत भएर बँच्नु पर्ने चिज हो । कहिले काँहि पिएको समयमा आफूलाई मन नपरेको मान्छेले गरेका अपराध समेत दिमागमा आउन सक्छ तर यस्तो समय कुनै न्यायधीश बन्ने समय होइन । यस्तो बेला झगडा गर्न कस्सिनु भो भने तपाइँले सोँच्दै नसोँचेको दुःखद् घटना पनि हुन सक्छ ।