काठमाडौं ।

नेपालमा भारतले हरेक विषयमा हस्तक्षेप गर्ने भनेर ब्यापक आलोचना हुने गर्छ । संविधानसभाबाट संविधानको अन्तिम मस्यदामाथि धारागत मतदान शुरु हुन लाग्दा भारतको हस्तक्षेप बढेको भनेर भनेर बहस चलिरहेको छ । २ दिन अघि मात्र भारतीय राजदुत रञ्जित रेले नेपालका प्रमुख नेताहरुलाई म्याराथन स्टाइलमा भेटेपछि नेताहरुले वार्ताका लागि भन्दै २ दिन सम्म संविधानसभाको प्रक्रिया स्थगित गरे ।

मधेशी र थारु समुदाय आन्दोलित भैरहेको समयमा भारतबाट आएको दवावको ब्यापक विरोध भैरहेको समयमा भारतको चर्चित अखबार हिन्दुस्तन टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले भारतले नेपालमा हस्तक्षेप गर्न ढिला भएको भन्दै खुला अपिलपूर्ण लेखन प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखन कुनै आलेख भन्दा पनि खुल्ला खुल्ला अपिल जस्तो देखिन्छ । उनले पछिल्लो संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णयले नेपाललाई दीर्घकालीन द्वन्दमा लैजाने र मधेश टुक्रिने अवस्था सम्म आउन सक्ने चेतावनी दिएका छन् ।

उनले नेपालका तीन प्रमुख नेता केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा बाहुन क्षेत्री समुदायका नेता भएका कारण मधेशी लगायतका समुदायलाई पेलेर संविधान जारी गर्न तयार भएको आरोप उनले लगाएका छन् । भारतसँग सीमा क्षेत्रमा बस्ने मधेशी समुदायलाई दमन गरेर उनीहरुका माग पुरा नगरी संविधान जारी नगर्न भारतले दिएको दवावलाई समेत नटेरेर संविधानसभामा मतदानको प्रक्रिया शूरु गरिएको भन्दै प्रशान्त झाले यसलाई रोक्न भारतले अव हस्तक्षेप नगरी नहुने बताएका छन् ।


Prashanta Jha article on Hindustan Times

भारतीय राजदुत रञ्जित रेले दिएको दवावलाई उपेक्षा गर्दै नेपालका नेताहरु अघि बढेकाले भारतले टुलु टुलु हेरर बस्न नहुने उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला ‘ऋषि मनले संविधान बनाउन’ भनेको स्मरण गराउँदै उनले मोदीले भनेको कुरालाई बिर्सिएर नेपालका नेताहरुले मधेशी, जनजाति र थारु लगायतका अल्पसंख्यकलाई पेल्न खोजेको भन्दै प्रशान्त झाले भारतले विभिन्न कारणले हस्तक्षेप गर्नै पर्ने बेला आएको लेखेका छन् ।

नेपालमा तनाव हुँदा भारतीय मिडियाका हेडलाइनः ‘मोदीले कोइरालालाई झपारे’

अहिलेको अवस्था आउनमा प्रचण्डको नाटकीयरुपमा आफ्ना सहकर्मी मधेशी दललाई छोडेर कांग्रेस एमालेसँग सहकार्य गर्ने निर्णय मुख्य कारक रहेको आरोप लगाएका प्रशान्त झाले भारतले अव ‘विस्तारबादी’ को आरोप लाग्ने डरले चुप लागेर बस्ने समय नरहेको भनेका छन् । माओवादीलाई मुलधारको राजनीतिमा ल्याउन पनि भारतले मुख्य भूमिका खेलेको स्मरण गराउँदै उनले भारतले स्थायित्वका लागि गरेका कदमहरु असफल हुने अवस्था आएको दावी गरेका छन् ।

Prashanta Jha article on Hindustan Times 2

तीन साता देखि तराइ बन्द हडतालग्रस्त भएपनि भारतसँग रोटी-बेटीको सम्बन्ध भएको क्षेत्रलाई उपेक्षा गर्दै सरकारले दमनको नीति लिएर संविधान जारी गर्ने तयारी गर्नु भारतको स्वार्थ विपरित रहेको उनको तर्क छ ।

नेपालमा ‘हिन्दु राष्ट्र’ बारे भारतीय मिडियामा यस्तो हेडलाइन

नेपालसँगको खुल्ला सीमाना, भारतको नेपालसँग रहेको सांस्कृति, साम्प्रदायिक सम्बन्धका कारण पनि भारतले अव हस्तक्षेप गर्नै पर्ने उनले अपिल गरेका छन् । उनले भारतसहित सम्पूर्ण अन्तराष्ट्रिय समुदायले नेपालमा दवाव दिएर अहिलेको प्रक्रिया रोक्नु पर्ने र असन्तुष्ट समुदायको माग पुरा गर्नु पर्ने उनको भनाइ छ ।

उनको आलेखप्रति नेपाली पत्रकार तथा राजनीतिप्रति चासो राख्नेहरुले गम्भिर आपत्ति जनाएका छन् ।

Prashanta Jha article on Hindustan Times 1

नेपालको राजनीतिक विषयमा भारतीय सञ्चार माध्यममा समयमा समयमा संवेदनशील टिप्पणीहरु प्रकाशित प्रसारित हुने कुरा नयाँ होइन । भारतीय मिडियाले नेपाली राजनीतिका विभिन्न विषयमा समय समयमा विभिन्न उत्तेजक हेडलाइन सहित सामग्री आउने गर्छन् । केही समय अघि मधेशलाई नेपालबाट अलग गर्ने कसम खाएका सीके राउतलाई गान्धीबादी नेताकोरुपमा प्रस्तुत गरेर चर्चित अखबार अमर उजालाले ठूलो फिचर बनाएको थियो ।

पछिल्लो पटक संघीयताको सीमाङ्कनको विषयमा मधेशी जनतामा रहेको असन्तु्ष्टी देखि मधेशीहरुको पृष्ठभूमिबारे चर्चित अंग्रेजी/हिन्दी अखवार इण्डिया टूडेले फिचर प्रकाशित गरेको छ ।

मोदी भाषणका डरलाग्दा संकेत

फिचरले नेपालका मधेशी र चर्चित ब्यक्तिकोरुपमा भारतमा चर्चा कमाएका गायक उदितनारायण झालाई पनि प्रस्तुत गरेको छ । उदितलाई गौरवशाली मधेशी भन्दै उनको ठूलो तस्विर फिचरमा राखिएको छ । नेपालमा मधेशीहरुलाई उनीहरुको रंग र भाषाका कारण पनि भेदभाव गर्ने गरिएको भन्दै यो फिचरमा दौरा सुरुवाल र गुन्यो चोली लगाएर शुद्ध नेपाली बोल्नेलाई मात्र नेपाली मान्ने गरिएको भनिएको थियो ।