२३ साउन, एजेन्सी । साउदी अरेबिया र कतारले खाडी मुलुकहरुमध्ये सबैभन्दा बढी बिदा दिने देश बनेका छन् । इद अल फित्रका बेला अन्य देशले बढीमा ५ दिनमात्र सार्वजनिक बिदा दिने गरेकोमा यी दुई देशले भने करिब १२ दिन बिदा दिएर नयाँ रेकर्ड कायम गरेका हुन् ।

साउदी सरकारले इदका अवसरमा सम्पूर्ण सार्वजनिक संस्थामा काम गर्ने कामदारहरुलाई रमादान २५ देखी सावल २ सम्म बिदा दिने निर्णय गरेको छ । उक्त अवधी करिब १२ दिनको हुन्छ । तर, निजी कम्पनीहरुले भने मात्र ४ दिन बिदा दिने गरेका छन् ।

यस्तै, कतारले पनि १२ दिन बिदा दिने भएको छ तर, आर्थिक कारोबार गर्ने संस्थाहरूका कर्मचारीका लागि मात्र ३ दिन बिदा दिइने छ । यस्तै, नीजि संस्थाहरूमा काम गर्ने कर्मचारीका लागी भने साउदी जस्तै ४ दिनमात्र बिदा दिने भएको छ । 

कतार र साउदी अरेबिया खाँडी मुलुकमा सबैभन्दा बढी बिदा दिने देश बनेका छन् । अन्य खाडी मुलुकहरुले बढीमा ५ दिन बिदा दिने गरेका छन् । बहराइनले इदका लागि मात्र ५ दिन बिदा दिने गरेको छ । यता कुवेतले नयाँ महिना लाग्ने दिन विचार गरेर ४ या ५ दिन बिदा दिने गरेको छ र ओमान तथा युएईले ४ दिन बिदा दिने गरेका छन् ।