३० पुस, एजेन्सी।

सन् २००७ मा रसियाको सोची स्थित रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिनको निवासमा जर्मन चान्सलर एन्जेला मर्केलसंग एक पत्रकार सम्मेलन गरिएको थियो।

merkel-putin-dog- (1)

निकै चर्चा कमाएको यो सम्मेलनमा पुटिनले आफ्नो पाल्तु लाब्राडोर जातको कालो कुकुर संगै लिएर आएका थिए।

सन् १९९५ मा एक पटक कुकुरको आक्रमणबाट तर्किसकेकी एन्जेलाको लागि यो क्षण निकै डरमर्दो भयो। तस्बिर सार्वजनिक भए, छेउमा चान्सलर एन्जेला डरले कुकुर तर्फ हेर्दै थिइन, राष्ट्रपति पुटिन गल्ती गरेको हाँसो हास्दै थिए।

merkel-putin-dog- (2)

घटना भएको नौँ वर्ष पछि पुटिनले एक जर्मन पत्रिकालाई एन्जेलालाई डराउने मनसाय नभएको अभिव्यक्ति दिएका छन्।

‘म उनको लागि केही नयाँ गर्न चाहन्थे’, उनले सोमबार पत्रिकामा अन्तर्वार्ता दिदै भने, ‘जब उनले कुकुर मन पराउन्न भन्ने थाहा पाए, माफि मागेको थिए।

यो घटना पश्चात जर्मन मिडियासंग रुसी राष्ट्रपतिको सम्बन्ध कमजोर भएको थियो।

साथै एन्जेलासंगको सम्बन्धको चर्चा गर्दै एन्जेला प्रतिको रुसीको विषयमा बोल्दै उनले भने, ‘म उनलाइ प्रोफेसनल रुपमा महत्व दिन्छु’

पश्चिमसंगको सम्बन्धमा तनाव भएपनि दुवै पक्ष इस्लामिक स्टेट विरुद्ध कारवाही गर्न लागिपरेको पुटिने अन्तर्वार्तामा बताए।

‘कुनै विषयमा कुनै समयमा विवाद आएपनि, कसैले पनि हामीलाई दुश्मन घोषणा गर्न कुनै वहाना गर्न पाउदैनन।’, पुटिनले भने।

यो पनि पढ्नुस्।

वालुवाटारमा तीन दलबीच यस्तो हुँदैछ सहमति

महिलाले खानै पर्ने ६ खाना

उत्तरी जापानमा शक्तिशाली भुकम्प, सुनामीको खतरा