मानिस विज्ञान र प्रविधि क्षेत्रको प्रगतिबाट उत्पन्न खतरालाई सामना गर्न आउँदो १०० वर्षमा निकै सावधान हुनुपर्नेछ, खगोलविद् तथा भौतिकशास्त्री स्टेफन हकिङ्ग्स भन्छन्।

७४ वर्षका क्याम्ब्रिजका प्रोफेसर हकिङ्ग्सले विश्व स्वभाविक रुपले समाप्त हुनेछ वा मानिसद्वारा नष्ट गरिनेछ भन्ने प्रश्नको जवाफमा रेडियो टाइम्ससंग एक साक्षात्कारमा टिप्पणी गरेका थिए।

stephen-hawking

परमाणु युद्ध, ग्लोबल वार्मिङ र जेनेटिक्ल्ली इन्जिनियर्ड भाइरस लगायत पृथ्वीको विनाशको कारण बन्ने उनी बताउँछन्। तर यी कारणले ठुलो क्षति र विनाश गर्न १,००० देखि १०,००० वर्ष लाग्ने उनको अनुमान छ।

सो बेलासम्म मानिस अन्तरिक्षमा फैलिसक्ने उनी विश्वास गर्छन्। मतलब अहिले मनुष्य जातिको विनाशलाई जसरी देखिएको छ, अवस्था सो भन्दा फरक हुनेछ। हकिङ्ग्सको अनुमानमा, हामी इन्टरस्टेलर हुन १०० वर्षमात्र पछाडी छौँ, अर्थात पृथ्वी बाहिर अन्तरिक्षमा बसोबास गर्नसक्ने प्रविधिको लागि अब १०० वर्ष काफि हुने उनी अनुमान लगाउँछन्।

‘हामीले सामना गर्ने अधिकांस खतरा विज्ञानले आजसम्म गरेको विकास र प्रगतिबाटै आएको छ। हामी विकास गर्न छोड्दैनौ, न त यसलाइ उल्ट्याउँछौ। खतरा चिनेर त्यसलाई नियन्त्रण तर्फ लाग्नु पर्छ’, उनी भन्छन्, म आशावादी छु, हामीले गर्न सक्छौ।

हकिङग्स प्रख्यात भौतिकशास्त्ती तथा खगोलविद् हुन। उनी युनिभर्सिटी अफ क्याम्ब्रिजमा ‘सैद्धान्तिक खगोलशास्त्र’ विभागका रिसर्च डाइरेक्टर पनि हुन। ब्ल्याक होलबाट निस्कने रेडियसन ‘हकिङ्ग्स रेडियसन’को सिद्धान्त उनको सबैभन्दा चर्चित छ। आइन्स्टाइनको सामान्य सापेक्षता वादको सिद्धान्त र क्वान्टम मेकानिक्सलाई संयोजन गरि खगोलिय सिद्धान्त अघि सार्ने उनी पहिलो भौतिकशास्त्री हुन। उनलाई यो शताब्दीकै सबैभन्दा तेज वैज्ञानिकको रुपमा चिनिनेगर्छ।

यो पनि पढ्नुस्।

नासाले सार्वजनिक गर्‍यो सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)

पृथ्वी संकटमा: जलवायु परिवर्तन सोचेभन्दा बढी घातक सावित हुँदै

अझसम्म अज्ञात रहेको अन्तरिक्षको ५ रहस्य

ब्रह्ममाण्डको सबैभन्दा रहस्यमय खोजको लागि चीनले पठायो अन्तरिक्षमा उपकरण

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताएर विश्व रेकर्ड

मानिस बस्न मिल्ने अन्तरिक्ष स्टेशन – फोटो फिचर