रुसका राष्ट्रपति भ्ल्यादमिर पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति हुन सक्छन्। क्रेमलिनको विभिन्न स्रोतको हवला दिदैँ अन्तराष्ट्रिय मिडिया लेख्छन्, पुटिनसँग १४० बिलियन पाउन्ड (करिब २१७ खर्ब रुपैँया) सम्पति छ।

president putin

हालसालै अमेरिकाको वित्त विभागका एक अधिकारीले पुटिन भ्रष्ट भएको आरोप लगाएसगै पुटिनबारे यस्ता आकंलन गरिन थालिएको हो।

पुटिन भष्ट्र भएको प्रमाण देखाउन अमेरिकालाई रुसको चुनौती

के छ १४० बिलियन पाउन्डको सम्पति?

  • पुटिनले अप्रिल २०१४ मा आफ्नो वार्षिक आम्दानी करिब ७.६५ मिलियन रुबल( करिब १२० लाख रुपैयाँ) रहेको घोषणा गरेका थिए। पुटिनको अनुसार उनी दुई अपार्टमेन्ट र एक कार पार्किङ ग्यारेजका मालिक हुन।
  • अमेरिकाले पुटिनले रुसमा उर्जा क्षेत्रमा गरेको लगानी निकै गोप्य भएको बताउँदै आएको छ।
  • पुटिनसँग कयौं महंगा घडीको संग्रह छ, जसको कुल मूल्य ४५०,००० पाउन्ड पर्न आउँछ। सन् २००९ मा उनले ५,५०० पाउन्ड पर्ने ब्यांकपेन घडी एक फ्याक्ट्रि कामदारलाई उपहार समेत दिएका थिए।
  • जानकारहरु रसियाको तीन ठुला उर्जा भट्टीमा पुटिनको सेयर भएको दाबी गर्छन्। जसको मूल्य २७ बिलियन पाउन्ड छ। सर्गुनेतेगाज, ग्याजप्राम र गुनवोर नामका यी कम्पनी आयल ट्रेडिङ कम्पनी हुन।

बिल गेट्सकोभन्दा दुइ गुणा पुटिनको सम्पति

पुटिनका एक आलोचक बिल ब्राउडले एक अन्तर्वातामा भने,’ पुटिनले पछिल्लो १४ वर्षमा निकै सम्पति जम्मा पारेका छन्।’, ‘रुसको सत्तामा रहेका ६३ वर्षिय पुटिनलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिदैँ आएको छ’, उनले थपे, ‘ताकत बढाउनुको साथ-साथ उनको सम्पतिमा पनि निकै वृद्धि भएको छ।’

पुटिनले रुसको गुप्तचर संस्था केजीबीको लागि काम गरिसकेका छन्। सन् १९९१ मा एजेन्सीबाट रिटायर्ड भएपश्चात उनले रुसी राजनीतिमा पकड जमाएका थिए। छिट्टै विश्वको सबैभन्दा ठुलो देशको राष्ट्रपति बनेका पुटिनसँग यदि दाबी गरिएझै विश्वास गर्ने हो भने विश्वका सबैभन्दा धनी व्यक्ति, माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा दुइ गुणा बढी सम्पति छ।

यो पनि पढ्नुस्।

डरलाग्दो कुकुर बोकेर पुटिन मिटिङमा छिरेपछि…

भ्लादिमिर पुटिन अमरत्व भएको ब्यक्ति भन्दै सनसनी

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३

संसारकै शक्तिशाली ब्यक्तिः पुटिनले जिम गरेका तस्विर भाइरल (फोटो फिचर)

पानी मुनि पुटिन..(तस्विर सहित)