२८ माघ, काठमाडौं ।

बंगलादेशमा भइरहेको यु-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत ७ औं स्थानमा भएको खेलमा नेपाल नामिवियासँग पराजित हुन पुगेको छ । ब्याटिङको शुरुवातमा उत्साहजनक खेलेको नेपाल मिडल अर्डर ब्याट्सम्यान टिक्न नसक्दा पराजित हुन पुग्यो ।

प्रतियोगिताको हिसावले नेपाललाई जित्नु पर्ने दवाव थियो र जित्न पनि लागेको थियो । तर अन्तिम समयमा आएर नेपालले झिनो हार ब्यहोरेर विश्वकप खेल्ने अवसर पनि गुमाएको छ ।

यही खेलमा नेपालका ओपनर सुनिल धमलाले अर्धशतक पुरा गरेका थिए ।

नामाविया विरुद्ध सुनिल धमलाको अर्धशतक

प्रतियोगितमा सुनिल धमलाले नेपालका लागि सर्वाधिक व्यक्तिगत ५९ रन जोडेर आउट भए । उनीपछि आएका क्याप्टेन राजु रिजाल १ रन बनाएर अउट भएका थिए ।

नेपालका सन्दिप लामिछानेले सबैभन्दा बढी विकेट लिने रेकर्ड राखेका थिए ।

सन्दिप लामिछानेले अण्डर-१९ मा बनाए रेकर्ड

स जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २५ रन बनायो। हुस्सुले खेल ढिला भएपछि आयोजकले ५ ओभर घटाएर ४५ ओभर बनाएको थियो।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बसेको बोर्ड बैठकले अण्डर-१९ टिममा उत्कृष्ट हुने एशोसिएट मुलुक आगामी विश्वकपमा सोझै खेल्न पाउने निर्णय गरेको थियो ।

यो हारपछि नेपालले अवसर गुमाएको छ भने नाविबियाले अवसर पाएको छ ।