११ पुस, काठमाडौं ।
आठ महिनाअघि माओवादी पार्टीबीच एकता गर्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई अहिले पार्टीभित्र भएका नेताहरुको चित्त बुझाउन कठिनाई भएको छ । पार्टी एकता गरेर चुस्त दुरुस्त संगठन बनाउनुको सट्टा २५ सय महाअधिवेशन आयोग समिति बनाएर गाईजात्रा गरेको भन्दै प्रचण्डको आलोचना हुँदै आएको छ ।gopal-kirati-top-bahadur-rayamajhi

सरकार गठन भएको चार महिना वितिसक्दा समेत प्रचण्ड रिवन काटने काममै बढी समय विताएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् । मधेसी मोर्चाको चित्त बुझाउन पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्रयाउने प्रस्ताव गरेपछि नेता टोपबहादुर रायमाझीले मतदान भए विपक्षमा भोट हाल्ने खुल्लमखुल्ला चुनौती दिदै आएका छन् ।

यो पढ्नुस: माओवादी केन्द्रको पाँच नं प्रदेशको नयाँ प्रस्ताव

एमालेले नेतृत्व गरेको आमसभामा गएर रायमाझीले पाँच नम्बर प्रदेश टुक्रयाउन नहुने भाषण गरेका छन् । रायमाझीले सरकारले अहिले संसदमा दर्ता भएको प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्ने अडान प्रचण्डसँग राख्दै आएका छन् ।

रायमाझीसँगै १ नम्बर प्रदेशका इन्चार्ज गोपाल किराँतीले पनि नयाँ पार्टी खोल्न चेतावनी समेतको कार्यपत्र प्रचण्डलाई बुझाएका छन् । पार्टीभित्र खरो रुपमा प्रस्तुत हुँदै आएका किराँतीले सरकार गठन गरेयता प्रचण्डसँग असन्तुष्टि जनाउदै आएका छन् । किराँत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा किराँती लागेका छन् । किराँतीले पार्टी विधि र प्रक्रिया भन्दा पनि गुटगत रुपमा मात्र चलेको, संगठन ध्वस्त भएको, पार्टीले पहिचानको मुद्दा छोडेको लगायतको आरोप लगाउदै नयाँ पार्टी घोषणाको सुरसारमा लागेका छन् ।

यो पढ्नुस्।

प्रचण्ड–बाबुरामले मिल्ने भन्दा नयाँ शक्तिमा हंगामा

किराँत कम्युनिष्ट पार्टी निर्माणमा लागिन्छः गोपाल किराँती