एजेन्सी । यो कहानी ६२ बर्षीय एरिकको हो, जसले आफ्नो नाक बचाउँन खोज्दा अनुहार नै गुमाए । एरिकलाई नाकको क्यान्सर भएको थियो ।

नाकको ट्युमर यति बढेको थियो, जसले अनुहारको आधा भाग नै ओगटेको थियो । जब ट्युमरलाई नाकबाट निकालियो, एरिकको बायाँतिरको अनुहार नै गुम्यो । एरिकले अनुहारलाई बनाउँन ८ वटा सर्जरी गरे, तर केही सुधार आएन ।

तर, जब एरिकलाई एक रियालिटी शो ‘एम्ब्रासिङ बडिज्’मा सहभागी हुने मौका मिल्यो, त्यहा उनले एक चिकितसकलाई भेटे, जो एरिकका लागि वरदान साबित भए । ति चिकित्सकले एरिकको अनुहारलाई ‘डिजिटल स्क्यानिङ टेक्नोलोजी’बाट एक अलग रुप दिए ।

एरिकले गुमाएको आफ्नो अनुहार पाए । यद्यपी, यस्तो उपचार त्यसले मात्रै गर्न सक्छ जोसँग पर्याप्त सम्पति छ । एरिकले आफ्नो अनुहार फेरि पाउन आधा कमाई खर्च गरेका थिए ।