२८ वैशाख, एजेन्सी । अमेरिकाको गुप्तचर एजेन्सी सीआइएले उत्तर कोरियाबाट बच्न नयाँ बाटो अपनाएको छ । उत्तर कोरियाले आगामी दिनमा गर्न सक्ने सम्भावित परमाणु र मिसाइलको खतरालाई मध्यनजर राख्दै एक विशेष एकाईको गठन गरेको अधिकारिहरुले बताएका छन् ।
सीआइएका निर्देशक माइक पोम्पियोले विज्ञप्ती जारी गर्दै भने, उत्तर कोरियाले अमेरिकालाई दिन सक्ने सम्भावित चुनौतीको सामना गर्न गठित कोरिया मिशन सेन्टर एजेन्सीको सामग्री संसोधन गर्न अमेरिकाले विशेष क्षमता र प्राधिकरणको उपयोग गर्नेछ ।
साथैै कोरिया मिशन सेन्टरको स्थापनाले उत्तर कोरियाको तर्फबाट अमेरिका र अन्य सहयोगी राष्ट्रलाई पर्ने गम्भिर खतराबाट बच्न सीआएको प्रयास महत्वपुर्ण रहने विज्ञप्तीमा उल्लेख छ । अधिकारिका अनुसार कोरियाली विषयवस्तुलाई ध्यानमा राख्न अमेरिकाले नयाँ सहायक निर्देशक चुनेको छ । जसले मिशन सेन्टरबाट प्रभावित कुरालाई ध्यानमा राख्नेछ ।