१० चैत,काठमाडौं । विभिन्न दलका सभासद्हरुले विभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य समयमा सभासदहरुले विभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

केही सभासदले बोलेका कुरा यस्ता छनः

कौशल साहः महिलाको ३३ प्रतिसत सहभागितका लागि सबै मन्त्रालयमा महिला राज्यमन्त्री नियुक्ती गरियोस ।

 

कृपासुर शेर्पाः मलेसियामा रहेका ७ सय नेपालीलाइ उद्धार गर्न सरकारको ध्यानाकर्षण । काठमाडौको टेकु अस्पतालमा स्वाइन फ्ल्युका लागि आइसियु बनाइयोस ।

 

गगन थापाः सरकारका न्युनतम साझा कार्यक्रमवारे सभासदले पढ्न पाएनन, त्यो चिन्ताको बिषय भएन, चिन्ताको बिषय त, ६० लाख बिद्यार्थीले यस पटक पनि पाठ्य पुस्तक पाउने भएनन् ।

 

प्रा डा गणेशमान गुरुङः खुल्ला विश्व विद्यालय खोल्ने गृहकार्य कहाँ पुगेको छ ? शिक्षा मन्त्री र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउछु ।

 

गंगालाल तुलाधरः झलनाथ खनाल नेतृत्वको सरकारले नागढुङ्गामा भइरहेको सबारी जाम अन्त्य गर्न झ्याप्ले खोलादेखी काठमाडौको थानकोट सम्म सुरुङमार्ग बनाउने निर्णय गरेको थियो, त्यसको प्रगति के भइरहेको छ ? पर्याप्त बजेट छुट्टाइयोस ।

CA Nepal

गौरी ओलीः पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम तुरुन्त सुरु गरियोस ।

 

चन्द्र भण्डारीः बुटबल देखी गुल्मीका लागि फाष्ट ट्रयाक बनाउने तर्फ सरकारको ध्यानाकर्षण । सुस्तामा पुल बनाउन सरकारको ध्यानाकर्षण ।

 

चुडामणी जंगली विश्वकर्माः नेपाली क्रिकेटका मुख्य प्रशिक्षकलाइ हटाउने षडयन्त्र अन्त्य होस, उनको कार्यकाल थपियोस । १५ देशमा रिक्त राजदूत अबिलम्ब नियुक्त गरियोस ।

 

छायाँ शर्माः चन्दा स्वेच्छिक बिषय भएकोले चन्दा आतंक बन्द गर्न गृहमन्त्रीको ध्यानाकर्षण ।

 

डिबि नेपालीः पछिल्ला दिनमा हावा हुरी संगै आएको असिना पानीले देशका विभिन्न भागमा खेतीवालीको क्षती गरेकोले त्यसको मूल्याङनगरी क्षतिपूर्ती दिन सरकारको ध्यानाकर्षण ।

 

टेकबहादुर बस्नेतः क्रिकेट खेलाडीलाइ बधाइ । चुनावमा भएको भनिएको धादली छानविन गर्न संसदीय छानविन समिति गठन र सत्य निरुपण तथा वेपत्ता नागरिक छानविन बिधेयक गठनमा किन ढिलाइ ?