७ वैशाख, काठमाडौं ।

फुटवलले अन्तराष्ट्रिय सफलता नपाएको भन्दै चौतर्फी आलोचना भइरहंदा आफू निकट भनिएका केही पदाधिकारी खुलेर विरोधमा लागेपछि अखिल नेपाल फुटवल संघ एन्फा अध्यक्ष गणेश थापा अप्ठ्यारोमा परेका छन् । पछिल्लो पटक उपाध्यक्ष कर्माछिरिङ्ग शेर्पासहितका पदाधिकारीले एन्फाभित्रको पारदर्शिता लगायत बिषय उठाएपछि अध्यक्ष थापालाई अप्ठ्यारो परेको हो ।

ganesh-thapa-1977346
विगतमा लामो समय थापालाई साथ दिएका शेर्पाको अगुवाइमा खुलेको हिमालयन शेर्पा क्लवसहितका चार वटा क्लवले लिग फुटवलका लागि विभिन्न सर्त राखेपछि एन्फा नेतृत्वमा दवाव परेको स्रोतको भनाइ छ । क्लवहरुले पछिल्लो पटक उठाएका मुद्धा सम्वोधन लगायत बिषयमा एन्फाले क्लवहरुसंग छलफल गर्ने तयारी गरेको छ ।
आर्थिक पारदर्शिताको बिषयलाई लिएर आलोचना खेपेका अध्यक्ष थापालाई अघिल्लो बर्ष फिफाबाट लिएको १ लाख डलर काण्डले निकै अप्ठ्यारोमा परेको थियो । पछिल्लो पटक त्यही बिषय समेत जोडेर पदाधिकारीले कुरा उठाएका हुन् ।