१० जेठ, काठमाडौ । आगामी असार ८ गते हुने उपनिर्वाचनका लागी एकिकृत माओबादीले आफ्ना उम्मेद्धवार तय गरेको छ । सो पार्टीको आज बसेको केन्द्रिय समिति बैठकले बिभिन्न ४ क्षेत्रमा हुने उपनिर्वाचनका लागी पार्टीका उम्मेद्धवार तय गरेको हो ।

 

काठमाडौ क्षेत्र नम्बर २ मा लिलामणी पोखरेल, चितवन ४ मा खुसिराम पाख्रिन, वर्दिया १ मा भुवन चौधरी र कैलाली ६ मा रामसमझ रानाको उम्मेद्धवारी तय भएको सो पार्टीका प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

maoist-party-office-parisdanda

उपनिर्वाचनका लागी भोली उम्मेद्धवारी मनोनयन गर्नुपर्नेछ ।